विदेश

नाइजरमा बन्दुकधारीको आक्रमणमा आठ जनाको मृत्यु

हिमालय टिभी
२०७७ साउन २६ गते ८:०५
नाइजरमा बन्दुकधारीको आक्रमणमा आठ जनाको मृत्यु

२६ साउन, २०७७ नाइजर । अफ्रिकी देश नाइजरमा बन्दुकधारीको आक्रमणमा मानवीय फ्रान्सेली सहायताकर्मीसहित ८ जनाको मृत्यु भएको छ ।

कोउरी क्षेत्रमा भएको घटनामा ६ जना फ्रान्सेली, उनीहरुका एक स्थानीय गाइड तथा एक जना ड्राइभरको ज्यान गएको स्थानीय अधिकारीलाई उद्धृत गर्दै अन्तर्राष्ट्रिय सञ्चारमाध्यमले जनाएका छन् ।

मोटरसाइकल सवार बन्दुकधारीले अन्धाधुन्ध गोली चलाएको तिलाबेरी क्षेत्रका गभर्नर टिड्जानी इब्राहिमले फ्रान्सेली समाचार संस्था एएफपीलाई बताए । फ्रान्स सरकारले आफ्ना नागरिकको मृत्यु भएको पुष्टि गरेको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *