विदेश

भारतमा एकैदिन ६५ हजार बढी कोरोना संक्रमित, झण्डै ४८ सयको मृत्यु

हिमालय टिभी
२०७७ साउन २६ गते ७:५९
भारतमा एकैदिन ६५ हजार बढी कोरोना संक्रमित, झण्डै ४८ सयको मृत्यु

२६ साउन, २०७७ नयाँ दिल्ली । पछिल्लो पटक भारतमा सबैभन्दा बढी संक्रमित र मृतक संख्या थपिएका छन् ।

बितेको २४ घण्टामा त्यहाँ संक्रमित र मृतक संख्या विश्वमै सबैभन्दा धेरै भएका हुन् । भारतमा आइतबार ६२ हजार १ सय १७ जनामा संक्रमण पुष्टि भएको छ ।

संक्रमितको संख्याका आधारमा तेस्रो स्थानको भारतमा २२ लाख १४ हजार भन्दा बढी संक्रमित रहेका छन् ।

त्यस्तै अमेरिकामा ४७ हजार ८ सय ४९ तथा ब्राजिलमा २२ हजार २ सय १३ संक्रमित थपिए । पछिल्लो २४ घण्टामा विश्वभर २ लाख १९ हजार ५ सय ९६ जनामा संक्रमण भएको छ ।

यससँगै विश्वभर कोरोना भाइरसबाट संक्रमित हुने मानिसको संख्या दुई करोड नाघेको छ । विश्वभर कोरोना संक्रमित हुनेको संख्या २ करोड २१ हजार २ सय ९३ पुगेको हो ।

बितेको २४ घण्टामा विश्वमा ४ हजार ७ सय ९८ जनाको कोरोना संक्रमणबाट मृत्यु भएको छ । सबैभन्दा बढी भारतमा १ हजार १३ जनाले ज्यान गुमाए ।

भारतमा कोरोनाका कारण मृत्यु हुनेको संख्या ४४ हजार ४ सय ६६ रहेको छ । भारतपछि मेक्सिकोमा ६ सय ९५, ब्राजिलमा ५ सय ९३ तथा अमेरिकामा ५ सय ३४ जनाले ज्यान गुमाए ।

विश्वभर संक्रमित मध्ये १ करोड २८ लाख ९२ हजार भन्दा बढी संक्रमणमुक्त भएका छन् ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *