बिजुली मिटरलाई स्मार्ट बनाइँदै, पैसा नतिर्ने ग्राहकको केन्द्रबाटै लाइन काटिने (भिडियोसहित)
२६ साउन, २०७७ काठमाडौं । नेपाल विद्युत प्राधिकरणको महत्वकांक्षी डिजिटल प्राधिकरण योजना सुरु भएको छ ।
योजना अन्तर्गत देशभरका सिंगल फेज मिटर भएका ५० लाख घरायसी ग्राहकको मिटरलाई स्मार्ट मिटरले विस्थापित गर्ने काम सुरु भएको हो । योजनाको पहिलो चरणमा एक लाख मिटरलाई स्मार्ट मिटरले प्रतिस्थापन गर्ने योजना छ ।
ऊर्जा, जलस्रोत तथा सिंचाइमन्त्री वर्षमान पुनले काठमाडौंको बूढानिलकण्ठ नगरपालिका–९ को वडा कार्यालय मंडिखाटारमा रहेको सिंगल फेज मिटरलाई स्मार्ट मिटरले प्रतिस्थापन गर्नुभयो । योसँगै सिंगल फेज मिटरलाई स्मार्ट मिटरले प्रतिस्थापन गर्ने योजना कार्यन्वयनमा गएको छ ।
विद्युत प्राधिकरणको घरायसी ग्राहकको घरमा रहेका सिंगल फेज मिटरलाई हटाई स्मार्ट मिटर जडान गर्ने महत्वकांक्षी योजना कार्यन्वयन सुरु भएको हो । यस कार्यक्रम अन्तर्गत देशभरका ५० लाख सिंगल फेजका ग्राहकको मिटर प्रतिस्थापन हुनेछ ।
पहिलो चरणमा रत्नपार्क र महाराजगंज वितरण केन्द्रअन्तर्गतका ग्राहकहरुको सिंगल फेज र थ्रि फेज गरी करिब एक लाख मिटरलाई स्मार्ट मिटरले प्रतिस्थापन गरिनेछ।
स्मार्ट मिटर प्रयोगमा आएपछि ग्राहकको घर(घरमा गएर मिटर रिडिङ गर्नुपर्ने बाध्यता हट्नेछ। यसले केन्द्रबाटै मिटर रिडिङ गर्न सकिने र विल नतिर्ने ग्राहकको लाइन केन्द्रबाटै अनलाइन काट्न सहज हुने प्राधिकरणको विश्वास छ ।
स्मार्ट मिटरका लागि आवश्यक ‘कम्युनिकेसन व्याकबोन’ प्रणाली जडानको प्रकृयामा छ । एसियाली विकास बैकले सहुलितपूर्ण ऋणमा सञ्चालित यो कार्यक्रमको लागत १ अर्ब रुपैयाँ हछ । सरकारले यो कार्यक्रमलाई समृद्ध नेपाल, सुखी नेपालीको लक्ष्य प्राप्तिका लागि कोशेढुंगा मानेको छ ।
प्राधिकरणको सिंगल फेज मिटरलाई स्मार्ट मिटरले प्रतिस्थापन गर्ने योजनाको कार्यन्वयन चरणमा जानु सुखदस्छ । तर कार्यक्रम कार्यन्वयन चरणमा गएर वर्षौसम्म अड्किहरने हाम्रो विकासे प्रवृतिको मारमा यो कार्यक्रमलाई पर्न दिन हुन्न ।
प्रतिक्रिया