बैंकहरुलाई कोरोना जोखिम कम गर्न आलोपालो गरेर काम गर्न राष्ट्रबैंकको निर्देशन

२५ साउन, २०७७ काठमाडौं । नेपाल राष्ट्र बैंकले कोरोनाको जोखिम कम गर्नका लागि आलोपालो प्रणाली लागू गरेर काम गर्न बैंक तथा वित्तीय संस्थालाई निर्देशन दिएको छ ।
सबै कर्मचारीलाई एकै पटक काम लगाउँदा भीडभाड हुने र संक्रमण्को जोखिम बढ्ने भन्दै राष्ट्र बैंकले बैंक तथा वित्तीय संस्थालाई निर्देशन दिएको हो ।
विभिन्न जिल्लामा जोर–बिजोर प्रणालीमा गाडी चलाउने थालिएको र निषेधाज्ञा समेत जारी गरिएकोले सम्भव भएसम्म घरबाटै काम गर्ने सक्ने गरी व्यवस्था मिलाउन पनि राष्ट्र बैंकले भनेको छ ।
प्रदेश, स्थानीय सरकार वा प्रशासनसँगको समन्वयमा प्रदेशस्थित शाखा कार्यालयमा सकेसम्म थोरै कर्मचारीबाट सेवा जारी राख्न समेत राष्ट्र बैंकको निर्देशन छ ।
यस्तै वैकल्पिक रुपमा संचालन गर्न सकिने शाखालाई वैकल्पिक रुपमा आलोपालो संचालन गर्ने व्यवस्था मिलाउन समेत भनिएको छ ।
यसो गर्दा सेवा शुरु नगरिएका शाखाको विवरण समेत दैनिक रुपमा जानकारी गराउन राष्ट्र बैंकले बैंक तथा वित्तीय संस्थालाई भनेको छ ।
प्रतिक्रिया