आर्थिक

घरायसी ग्राहकको सिंगल फेज मिटर हटाएर स्मार्ट मिटर जडान शुरु

हिमालय टिभी
२०७७ साउन २५ गते १७:४५
घरायसी ग्राहकको सिंगल फेज मिटर हटाएर स्मार्ट मिटर जडान शुरु

२५ साउन, २०७७ काठमाडौं । नेपाल विद्युत प्राधिकरणले घरायसी ग्राहकका सिंगल फेज मिटर हटाएर स्मार्ट मिटर जडान गर्न सुरु गरेको छ।

पहिलो चरणमा एक लाख ‘स्मार्ट मिटर’ जडान गर्ने योजनाका साथ आजदेखि काम सुरु भएको हो ।

ऊर्जा, जलस्रोत तथा सिंचाइमन्त्री वर्षमान पुनले काठमाडौंको बूढानिलकण्ठ नगरपालिका–९ को वडा कार्यालय मंडिखाटारमा रहेको सिंगल फेज मिटरलाई स्मार्ट मिटरले प्रतिस्थापन गरी जडान कार्यको शुभारम्भ गर्नुभयो ।

सिंगल फेज’ का मिटरहरुलाई स्मार्ट मिटर बनाउने काम सुरु भएको र पहिलो चरणमा एक लाख मिटर जडान हुने प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले जानकारी दिनुभयो ।

उहाँका अनुसार उपत्यकाका तीन वटै जिल्लामा कम्तिमा ५ लाख स्मार्ट मिटर आवश्यक पर्नेछ र पहिलो चरणमा १ लाख र दोस्रो चरणमा उपत्यका लगायत देशभरी नै स्मार्ट मिटर जडानको काम सुरु गरिनेछ ।

स्मार्ट मिटर जडान भएपछि विहान, दिउँसो र बेलुकीको समयमा फरक महसुल निर्धारण गर्न सकिने, घरघरमा मिटर रिडरहरु जानुपर्ने बाध्यताको अन्त्य हुनेछ ।

ग्राहकले स्मार्ट मिटर जडान भएपछि आफ्नो सुविधा अनुसार ‘प्रिपेड र पोस्टपेड’ गर्न सक्ने अप्सन समेतछ । स्मार्ट मिटर जडान सुरु गरेको प्राधिकरणले सरकारी संस्थानमा उत्कृष्टकाम गर्दै आएको उर्जा, जलस्रोत तथा सिँचाईमन्त्री वर्षमान पुनले बताउनुभयो ।

सबैले आफ्नो क्षेत्रबाट इमानदार भएर काम गर्न सके परिवर्तन सम्भव रहेको उदाहरण प्राधिकरणले पेश गरेको उहाँले बताउनुभयो ।

स्मार्ट मिटर प्रयोगमा आएपछि ग्राहकको घरघरमा गएर मिटर रिडिङ गर्नुपर्ने छैन। विद्युत् खपतको डाटा दुवैतर्फ प्रसारण हुन सक्ने हुँदा केन्द्रबार्ट मिटर रिडिङ गर्न सकिने र विल नतिर्ने ग्राहकको लाइन केन्द्रबाटै अनलाइन काट्न सकिनेछ। मिटर रिडिङको कारणले हुने विद्युत् चुहावट नियन्त्रण हुनेछ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *