कोरोना संक्रमित महिलाले शल्यक्रियामार्फत जन्माइन बच्चा

२५ साउन, २०७७, बाँके । रुकुम चौरजहारीकी २८ वर्षीया कोरोना संक्रमित महिलाले नेपालगञ्ज मेडिकल कलेज शिक्षण अस्पताल कोहलपुरमा शल्यक्रिया मार्फत बच्चा जन्माएकी छिन ।
३९ हप्ताकी गर्भवती महिलाको स्वास्थ्यमा समस्या भएपछि उपचारका लागि नेपालगन्जको भेरी अस्पतालमा लगिएको थियो ।
भेरी अस्पतालको प्रयोगशालामा स्वाब परिक्षण गर्दा कोरोना पोजिटिभ देखिए पछि उनलाई नेपालगन्ज मेडिकल कलेज शिक्षण अस्पताल कोहलपुरमा लगियो । र त्यहाँ डाक्टरले शल्यक्रिया गरेर बच्चा निकालेका हुन् ।
अहिलेसम्म तीन जना कोरोना संक्रमितको सफल शल्यक्रिया गरेको यो अस्पतालले कोरोना संक्रमण भएका र नभएका दुवै विरामीलाई उपचार गर्दै आएको छ ।
शिक्षण अस्पताल कोहलपुरमा कार्यरत ५ जना स्वास्थ्यकर्मीलाई पनि कोरोना संक्रमण देखिइसकेको छ । उनीहरुको सम्पर्कमा रहेका र कोरोना संक्रमितको उपचारमा खटिएका गरेर ७५ जना स्वास्थ्यकर्मी तथा चिकित्सकलाई क्वारन्टिनमा राखिएको छ ।
प्रतिक्रिया