वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण विभागद्वारा फर्म दर्ता बन्द
२५ साउन, २०७७ काठमाडौं । वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण विभागले फर्म दर्ताको काम बन्द गरेको छ ।
फर्म दर्ताका कारण भिडभाड भएको र कोरोना भाइरसको संक्रमणको जाखिम बढेको भन्दै विभागले नयाँ प्राइभेट र साझेदारी फर्म दर्ता बन्द गर्ने निर्णय गरेको हो ।
योसँगै अत्यावस्यक वस्तु आयात गर्ने बाहेकका फर्मलाई इजाजत दिने काम विभागबाट हुनेछैन् । यसबाहेक फर्म नवीकरण, संशोधन र खारेजीको काम पनि दैनिक सीमित संख्यामा मात्र गर्ने विभागले जनाएको छ ।
विभागले दौनिकरुपमा अधिक्तम २० वटा भन्दा बढि संख्यामा फर्म नवीकरण, संशोधन र खारेजीको काम नगर्ने बताएको हो ।
यद्यपि बजार अनुगमन, आयात–निर्यात अनुमति र इजाजतसम्बन्धी कार्य भने नरोकिने विभागले स्पष्ट पारेको छ । यस्तै विभागबाट हुने मुद्दा फ्रस्यौटको काम पनि नियमित हुने विभागको भनाइ छ ।
प्रतिक्रिया