समाज

डाक्टरले उपचारमा समय नदिएका कारण बालिकाको मृत्यु भएको विरोधमा प्रदर्शन (भिडियोसहित)

हिमालय टिभी
२०७७ साउन २५ गते १४:५०
डाक्टरले उपचारमा समय नदिएका कारण बालिकाको मृत्यु भएको विरोधमा प्रदर्शन (भिडियोसहित)

२५ साउन, २०७७ कपिलवस्तु । कपिलवस्तु अस्पतालमा डाक्टरले समयमा नै उपचार नगरेका कारण १ वर्षकी बालिकाको ज्यान गएको भन्दै स्थानीय बासिन्दाले प्रदर्शन गरेका छन् ।

चियाले पोलेर घाइते भएकी कपिलवस्तुको मैनिहवाकी एक बर्षकी बालिका शोफिया खानको अस्पतालमै मृत्यु भएको छ । चियाले पोलेपछि तत्कालै अस्पताल ल्याइएकी उनलाई एमरजेन्सीका कर्मचारीले मलहम लगाउनुबाहेक अरु कुनै उपचार नगरेको परिवारको आरोप छ ।

अस्पतालको लापरवाहीले बालिकाको मृत्यु भएको आरोप लगाउँदै संलग्न कर्मचारीलाई कारवाही गर्नु पर्ने माग गर्दै मृतक परिवारले जिल्ला प्रशासन कार्यालयको मुलगेटमा धर्ना दिएका थिए ।

धर्नापछि गएराति घटनाबारे छानविन गर्न समिति बनाउने र कोही दोषि देखिए कारबाही गर्ने सहमति भए पछि परिवारले प्रदर्शन रोकेका छन् ।

कपिलवस्तसु अस्पतालका मेसु किशोर बन्जाडेलाई केही दिन अघि कार्यालय समयमा नै निजी क्लिनिकमा विरामी जाँच्दै गर्दा फेला पारिएको थियो । तर बन्जाडेमाथि अहिलेसम्म कुनै कारबाही नभएका कारण अस्पतालमा लापरबाही धेरै बढेको स्थानीबासिन्दाको आरोप छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *