आर्थिक

नेपाल बैंकद्वारा गत आर्थिक वर्षमा २ अर्ब ५५ करोड खुद नाफा आर्जन

हिमालय टिभी
२०७७ साउन २५ गते १३:३९
नेपाल बैंकद्वारा गत आर्थिक वर्षमा २ अर्ब ५५ करोड खुद नाफा आर्जन

२५ साउन, २०७७ काठमाडौं । सरकारकी स्वामित्वको नेपाल बैंकले गत आर्थिक वर्षमा २ अर्ब ५५ करोड रुपैयाँ खुद नाफा कमाएको छ।

यो अघिल्लो आर्थिक वर्षको तुलनामा १ दशमलव ५५ प्रतिशत कम हो । ७४–७५ मा नेपाल बैंकले २ अर्ब ५९ करोड रुपैयाँ नाफा कमाएको थियो ।

बैंकको खुद ब्याज आम्दानी र सञ्चालन नाफा दुवै घटेकाले खुद नाफा केही घटेको हो । यसैगरी बैंकको वितरणयोग्न नाफा पनि ३५ दशमलव ९५ प्रतिशतले घटेको छ ।

चौथो त्रैमाससम्म आइपुग्दा प्रतिसेयर आम्दानी ४ रुपैयाँ १९ पैसाले घटेर २२ रुपैयाँ ६६ पैसामा झरेको छ । नेपाल बैंकको प्रतिसेयर नेटवर्थ २ सय ६७ रुपैयाँ ५० पैसा रहेको छ ।

लक डाउनका कारण नाफा सामान्य प्रभावित भएको बैंकको भनाइ छ । वित्तीय संस्थाहरुमा प्रतिस्पर्धा बढेको, कोरोना भाइरस संक्रमणका कारण समग्र अर्थतन्त्रमा असर गरेको र कर्जा असुलीमा पनि समस्या बढेको बैंकले जनाएको छ ।

११ अर्ब २८ करोड रुपैयाँ चुक्ता पूँजी रहेको नेपाल बैंकको जगेडा कोषमा १२ अर्ब ९८ करोड रुपैयाँ सञ्चित छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *