समाज

झापामा दर्ता नभएका प्रतिबन्धित औषधिको डिलर सञ्चालक पक्राउ

हिमालय टिभी
२०७७ साउन २५ गते १३:३२
झापामा दर्ता नभएका प्रतिबन्धित औषधिको डिलर सञ्चालक पक्राउ

२५ साउन, २०७७ झापा । औषधि व्यवस्था विभाग विराटनगर र प्रहरीको संयुक्त टोलीले छापा मारेर झापाको दमकमा दर्ता नभएका प्रतिबन्धित औषधिको डिलर सञ्‍चालकलाई पक्राउ गरेको छ ।

नेपालमा आयात, किनबेच र सेवनमा पूर्ण रुपमा प्रतिबन्ध लगाइएको औषधिको लुकाइछिपाइ बिक्री गर्न डिलर सञ्चालन गर्ने दमक नगरपालिका वडा नम्बर ७ का ३८ वर्षीय गंगाबहादुर खड्का पक्राउ परेका हुन् ।

भारतबाट ट्रामाडोल, जेनग्रा रेड, लुलीगार्ड, डर्मीकेम ओसी, प्रेगाउट किट, भिवेल फोर्ट, क्लोबेटा जिएम समेतका प्रतिबन्धित औषधिको कारोबारमा खड्काको संलग्नता पाइएको औषधि व्यवस्था विभागका विराटनगर प्रमुख सञ्जीव शर्मा कट्टेलले जानकारी दिनुभयो ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *