विदेश

स्पेनका पूर्वराजा ख्वान कार्लोसले देश छाडे

हिमालय टिभी
२०७७ साउन २५ गते ९:२३
स्पेनका पूर्वराजा ख्वान कार्लोसले देश छाडे

२५ साउन, २०७७, स्पेन । स्पेनका पूर्वराजा ख्वान कार्लोसले देश छाडेका छन् ।

भ्रष्टाचार मुद्दामा आफ्नो नाम जोडिएपछि ८२ वर्षीय पूर्वराजा कार्लोसले स्पेन छोड्ने निर्णय गरेका थिए । उनी विशेष उडानमार्फत यूएई पुगेको सार्वजनिक तस्वीरमा दाबी गरिएको छ ।

स्पेनिस सञ्चार समूह एनआइयुएसले सार्वजनिक गरेको तस्बिरमा पूर्व कार्लोस अबुधाबीमा विमानबाट ओर्लदैं गरेको देखिएको छ । उनले अब यूएईमा निर्वासित जीवन बिताउने बताइएको छ ।

यसअघि गएको सोमबार मात्रै पूर्वराजा कार्लोसले देश छाड्ने निर्णय गरेको स्पेनिस राजदरबारले जनाएको थियो । केही हप्ताअघि अघि शुरु भ्रष्टाचार अभियोगको अनुसुन्धानमा उनी पनि जोडिएका थिए ।

पूर्व राजा कार्लोसले भ्रष्टाचारका सम्बन्धमा अनुसन्धान गरिरहेका अधिकारीले सोधपुछ गर्न चाहे आफू उपलब्ध रहेको बताएका छन् ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *