विदेश

भारतमा एकैदिन ६५ हजार बढीमा कोरोना संक्रमण पुष्टि

हिमालय टिभी
२०७७ साउन २५ गते ८:३७
भारतमा एकैदिन ६५ हजार बढीमा कोरोना संक्रमण पुष्टि

२५ साउन, २०७७ नयाँ दिल्ली । भारतमा एकैदिन कोरोना संक्रमण हुने मानिसको संख्या अहिलेसम्मकै उच्च विन्दुमा पुगेको छ ।

पछिल्लो २४ घण्टामा भारतमा हालसम्मकै बढी ६५ हजार १ सय ५६ जनामा कोरोना संक्रमण भएको हो । यो संख्या शनिबार विश्वमै सबैभन्दा बढी संक्रमित हुने पनि हो ।

यसअघि त्यहाँ यही बिहिबार सबैभन्दा धेरै ६२ हजार १ सय ७० जनामा संक्रमण पुष्टि भएको थियो । पछिल्लो समय भारतमा कोरोना संक्रमित हुने दरमा कमी आउन सकेको छैन ।

कोरोना संक्रमण अनियन्त्रण देखिएको भारतमा संक्रमितको संख्या २१ लाख ५२ हजार २० पुगेको छ । भारत विश्वमा कोरोना संक्रमित हुनेमा देशको तेस्रो स्थानमा छ ।

यसैबीच कोरोना संक्रमण भएयता भारतमा १ सय ९६ जना डाक्टरको मृत्यु भैसकेको छ । इण्डियन मेडिकल एसोसिएसनले १ सय ९६ जना डाक्टरको ज्यान गएका भन्दै उपचारमा खटिने डाक्टर र स्वास्थ्यकर्मीको सुरक्षामा ध्यान दिन आग्रह गरेको छ ।

त्यस्तै अमेरिकामा थप ५४ हजार १ सय ९९ जनामा संक्रमण हुँदा ब्राजिलमा ४६ हजार ३ सय ५ जना संक्रमित थपिए । शनिबार विश्वभर २ लाख ६१ हजार ७ सय २९ जना संक्रमित भए ।

त्यस्तै पछिल्लो २४ घण्टाका विश्वमा कोरोना संक्रमणबाट ५ हजार ६ सय ४ जनाको मृत्यु भएको छ । अमेरिकामा सबैभन्दा बढी ९ सय ७६ जनाले ज्यान गुमाएका छन् ।

त्यस्तै भारतमा ८ सय ७५ तथा ब्राजिलमा ८ सय ४१ जनाको मृत्यु भएको छ । कोरोना संक्रमणका कारण विश्वभर ७ लाख २८ हजार ७ सय भन्दा बढी मानिसको मृत्यु भैसकेको छ । २ सय १३ देशमा रहेका कोरोना संक्रमित मध्ये १ करोड २७ लाख भन्दा बढी निको भैसकेका छन् ।

आज मेक्सिकोमा ६ हजा ४ सय ९५ जनामा सक्रमण भेटिंदा ६ सय ९५ जनाको मृत्यु भएको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *