आर्थिक

स्मार्ट भिलेज कार्यक्रम : धनकुटामा यसरी बदलियो गाउँ (भिडियोसहित)

हिमालय टिभी
२०७७ साउन २५ गते ६:५५
स्मार्ट भिलेज कार्यक्रम : धनकुटामा यसरी बदलियो गाउँ (भिडियोसहित)

२५ साउन, २०७७ धनकुटा । अधिकांश किसानले अहिले पनि निर्वाहमुखी खेती गर्दै आएका छन् । तर धनकुटा नगरपालिकाले युएनडिपीसँगको सहकार्यमा स्मार्ट भिलेज कार्यक्रम सुरु गरेको छ । कार्यक्रम शुरु भएको एक वर्ष नहुँदै गाउँको मुहार फेरिन थालेको छ ।

धनकुटा नगरपालिकाले युएनडिपिसँगको सहकार्य तथा पर्डेप नेपालको ब्यबस्थापनमा यो वर्षवाट “स्मार्ट भिलेज” कार्यक्रम सुरु गरेको छ । नगर क्षेत्रका वडा नम्बर १, २, ३ र १० का ६ सय १० घरधुरीमा कार्यक्रम लागु भएको छ ।

कार्यक्रम अन्तर्गत टनेल घर, प्लाटिक पोखरी, मिनि टिलर, गाईबस्तुको पिसाब संकलन गर्ने ट्याङ्की, बायोग्याँस प्लान्ट, वाइफाई, गोठ ब्यबस्थापन जस्ता काम गरिएको छ । यसले किसानको ब्यवसायिक खेतिप्रति आकर्षण बढेको छ ।

टनेल हाउस निर्माण पछि यो क्षेत्रका किसानले गोलभेडा, बेमौसमी तरकारी, तथा कांक्रा फलाउन थालेका छन्। पहिले सिँचाइ समस्या भएका ठाँउमा अहिले किसानले प्लाष्टिक पोखरी निर्माण गरेका छन । गाँउगाँउमा वाइफाइ विस्तार भएपछि किसानले घरमै बसीबसी उत्पादनको बजारीकरण गर्नुका साथै मुल्य, र रोग किरा नियन्त्रणको उपायबारे समेत जानकारी लिइरहेका छन् ।

पहिले यी गोठ अब्यबस्थित हुन्थे । अहिले किसान आफैले आफैले व्यवस्थित बनाएका छन् । जसका कारण गाउँ धेरै नै सफा भएको छ । कार्यक्रम शुरु भएको १० महिनामै सकारात्मक नतिजा देखिएको छ ।

यो कार्यक्रम युएनडिपिको एक करोड १३ लाख र धनकुटा नगरपालिकाको ५० लाख गरी कुल १ करोड ६३ लाख रुपैँयामा शुरु गरिएको हो । अहिले नगर क्षेत्रमा थालिएको कार्यक्रम ग्रामिण क्षेत्रका सबै घरधुरीमा पुर्‍याउने स्थानीय सरकारको योजना छ ।

आधुनिक खेती प्रणालीको लागि उच्चतम प्रबिधिको प्रयोग आबश्यक हुन्छ । स्मार्ट भिलेज त्यसैको थालनी हो । यसको विस्तारले निर्वाहमुखी कृषिलाई व्यावसायिक बनाउन सहयोग पुर्‍याउनेछ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *