अस्पताल भरिएपछि विराटनगरमा कोरोना संक्रमित घरमै बस्न बाध्य

२४ साउन, २०७७ विराटनगर । अस्पतालका शैय्या भरिएपछि विराटनगर महानगरपालिका ३८ जना कोरोना संक्रमित दुई दिनदेखि घरमै बसेका छन् ।
कतिपय ४–५ दिन अगाडिदेखि घरमै छन् । आज संक्रमण पुष्टि भएका ३३ जनाको त सोधीखोजी नै भएको छैन ।
सुरुवाति दिनमा आरडिटी पोजेटिभ आउँदा गाडीको लस्कर लिएर पुग्ने प्रदेश सरकार र स्थानीय तहका जनप्रतिनिधि, कर्मचारीले
संक्रमण पुष्टि भएको ३–४ दिनसम्म पनि सोधीखोजी गर्न छोडेका छन् ।
विराटनगर महानगरपालिकाका विभिन्न वडामा लक्षण देखिएका र नदेखिएका संक्रमित असुरक्षित ढंगले घरमै बसिरहेका छन् ।
महानगरका कन्ट्याक्ट ट्रेसिङ सुपरभाइजर हैदर अलीले मोरङ र सुनसरीका सबै अस्पताल भरिएका कारण संक्रमितलाई घरमै राख्नुपरेको बताउनुभयो ।
प्रदेश १ मा ३ सय ५० हाराहारीमा आइसोलेसन बेड छन् । तर आजसम्म सक्रिय संक्रमितको संख्या ४ सय ६० पुगिसकेको छ ।
प्रतिक्रिया