नागरिक उड्डयन प्राधिकरणको बजेट गत वर्षभन्दा पाँच अर्ब कम

२४ साउन, २०७७ काठमाडौं । नेपाल नागरिक उड्डयन प्राधिकरण (क्यान)ले गत आर्थिक वर्ष भन्दा पाँच अर्ब रुपैंया कम बजेट बिनियोजन गरेको छ ।
यो वर्ष कोभिड १९ का कारण विमानस्थल बन्द रहँदा आम्दानी घट्ने भएकाले बजेटको आकार कम गरिएको प्राधिकरणले बताएको छ ।
गत आर्थिक वर्ष २०७६–०७७ मा ४६ अर्ब ९६ करोड ५० लाख ९९ हजार रुपैयाँ बजेट विनियोजन गरेको क्यानले आर्थिक वर्ष २०७७–०७८ का लागि ४१ अर्ब ११ करोड ३ लाख रुपैयाँ बराबरको बजेट विनियोजन गरेको हो ।
प्राधिकरणले निर्माणाधिन अन्तर्राष्ट्रिय विमानस्थल र गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थललाई प्राथमिकतामा राखेर बजेट विनियोजन गरेको जनाएको छ।
क्यानले सार्वजनिक गरेको नीति तथा कार्यक्रम एवं बजेटमा विमानस्थलको विकास र स्तरोन्नति गर्ने कार्यलाई प्राथमिकतामा राखेको छ । चार महिनायता प्राधिकरणका क्रियाकलाप बन्द भएकाले नीति तथा कार्यक्रममा कुनै नयाँ कार्यक्रम समावेस भएको छैन् ।
प्रतिक्रिया