समाज

कार्यक्षेत्रमा कटिने क्रममा कोरोना संक्रमित बनेका स्वास्थ्यकर्मीको यस्तो छ सुझाव (भिडियोसहित)

हिमालय टिभी
२०७७ साउन २४ गते १६:४१
कार्यक्षेत्रमा कटिने क्रममा कोरोना संक्रमित बनेका स्वास्थ्यकर्मीको यस्तो छ सुझाव (भिडियोसहित)

२४ साउन, २०७७ कपिलवस्तु । कोरोना संक्रमणको रोकथाममा खटिएका स्वास्थ्यकर्मीमा पनि संक्रमण हुन थालेको छ । जिल्ला अस्पताल कपिलवस्तुमा कार्यरत ल्याब असिस्टेन्ट सञ्जिव सिंहले हजारौं स्वाब संकलन गर्नुभयो ।

अहिले उहाँ आफै संक्रमित हुनुभएको छ । सर्लाहीका सिंहलाई कपिलवस्तुमा नागरिकको सेवामा खटिएकै बेला संक्रमण भयो तर पनि उहाँ खासै चिन्तित हुनुहुन्न ।

उहाँ कपिलवस्तुको तौलिहवास्थित कपिलवस्तु अस्पतालमा कार्यरत ल्याब असिस्टेन्ट सञ्जिव सिंह । सर्लाहीको मलंगवा घर भए पनि उहाँ कपिलवस्तुमा कार्यरत हुनुहुन्छ । देशमा कोरोना संक्रमण शुरु भएसँगै स्वाब संकलन र आरडिटी परीक्षण गर्ने जिम्मेवारी उहाँको काँधमा आयो । पीसीआर टेष्टका लागि नमूना संकलन गर्ने र आरडिटी परीक्षण गर्ने काममा उहाँ खटिनुभयो ।

सिंहले कपिलवस्तुमा कोरोना संक्रमित पत्ता लगाउन निक्कै मेहनत गर्नुभयो । हजारौंको स्वाब संकलन गर्नुभयो ।

तर साउन २२ गतेदेखि उहाँ यसरी काममा खटिन पाउनु भएको छैन । कारण उहाँ आफैं संक्रमित हुनुहुन्छ । २२ गते गरेको पीसीआर टेष्टमा कोरोना पोजेटिभ आएपछि अहिले उहाँ आइसोलेसनमा हुनुहुन्छ । त्यसैले अरुलाई सामाजिक दूरी कायम गर्न र सावधानी अपनाउन आग्रह गर्नुहुन्छ ।

सधैँ पीपीई लगायतका स्वास्थ्य सुरक्षा सामग्री प्रयोग गरेर नमूना संकलन गर्नुहुन्थ्यो । तर पनि कहिले काँही भएको हेलेचेक्रयाईँले नै आफू संक्रमित भएको हो कि जस्तो लाग्छ उहाँलाई ।

कोरोना रोकथाममा खटिँदा अहिले धेरै स्वास्थ्यकर्मी संक्रमित भएका छन् । सबैभन्दा बढी जोखिममा रहेका स्वास्थ्यकर्मीको व्यक्तिगत सुरक्षाका लागि सरकारले ध्यान दिन आवस्यक छ । साथै स्वास्थ्यकर्मी आफैले पनि सावधानी अपनाउनुपर्ने देखिएको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *