म्यानचेस्टर सिटी र लियोन च्याम्पियन्स क्वाटरफाइनल प्रवेश

२४ साउन, २०७७ काठमाडौं । म्यानचेस्टर सिटी र लियोन च्याम्पियन्स लीग फुटबलको क्वाटरफाइनलमा प्रवेश गरेका छन् ।
अन्तिम १६ को दोस्रो लेगमा स्पेनिस क्लब रियल मड्रिडलाई २–१ गोलले हराउँदै समग्रमा ४–२ को नतिजासहित सिटीले अन्तिम ८ मा स्थान पक्का पारेको हो ।
घरेलु मैदान इतिहाद रंगशालामा सिटीका लागि रहिम स्टर्लिङ र गेबरियल जिससले एक(एक गोल गरे । स्टर्लिङले नवौं र गेबरियलले ६८ औं मिनेटमा गोल गरेका थिए ।
रियलका लागि करिम बेन्जिमाले २८ औं मिनेटमा गोल गरेका थिए । रियलको घरेलु मैदानमा सम्पन्न पहिलो लेगमा सिटी २–१ ले विजयी भएको थियो ।
यस्तै अर्को खेलमा इटालियन क्लब युभेन्टसलाई हराउँदै फ्रान्सेली क्लब ओलम्पिक लियोनले क्वाटरफाइनलमा स्थान सुरक्षित पारेको छ ।
अन्तिम १६ को दोस्रो लेगमा युभेन्टसविरुद् अवे गोलमा जित निकाल्दै फ्रेन्च क्लब लियोन अन्तिम ८ मा पुगेको हो । घरेलु मैदानमा क्रिस्टियानो रोनाल्डोले दुई गोल गरेपनि युभेन्टसलाई अघि बढाउन सकेनन् ।
मेम्फिस डिपेले १२ औं मिनेटमा गोल गर्दै लियोनलाई शुरुवाती अग्रता दिलाएका थिए । त्यसपछि रोनाल्डोले ४३ औं र ६० औं मिनेटमा गोल गरेका थिए ।
दोस्रो लेगसँगै खेल २(२ गोलको बराबरीसकिएपनि अवे गोलका आधारमा लियोन अन्तिम ८ मा पुगेको हो । पहिलो लेग लियोनले १० ले जितेको थियो ।
प्रतिक्रिया