समाज

बाँकेमा समुदायमा कोरोना संक्रमण फैलिएपछि के छ तयारी ? (भिडियोसहित)

हिमालय टिभी
२०७७ साउन २४ गते ६:३०
बाँकेमा समुदायमा कोरोना संक्रमण फैलिएपछि के छ तयारी ? (भिडियोसहित)

२४ साउन, २०७७ बाँके । बाँकेमा कोरोेना संक्रमण तिब्र रुपमा फैलदै गएको छ । बाकेमा हिजो २८ जना र आज थप ४९ जनामा संक्रमण देखिएको छ । जिल्लामा निषेधाज्ञा जारी गरे पनि समुदायमा संक्रमित ह्वात्तै बढेपछि सरोकारवाला निकाय चिन्तित छन् ।

समुदायस्तर मै तिब्र गतिमा कोरोनाको सक्रमण फैलिएपछि बाँकेमा साउन १८ गतेदेखि निषेधाज्ञा लगाइयो । निषेधाज्ञाकै बिचमा पनि संक्रमितको कन्ट्याक्ट ट्रेसिङ्ग गर्ने र संभावित संक्रमितको खोजी गरी परीक्षण गर्ने क्रम जारी छ । जसका कारण बाँकेमा संक्रमित देखिइरहेका छन् ।

नेपालगन्ज उपमहानगरपालिकाका २ जना जन प्रतिनिधि र ११ जना कर्मचारी गरी १३ जनामा संक्रमण देखिएको छ । नेपालगन्ज उप महानगरपालिका सिल गरिएको छ ।

नेपालगन्ज उपमहानगरपालिकाका २ जना जन प्रतिनिधि र ११ जना कर्मचारी गरी १३ जनामा संक्रमण देखिएको छ । नेपालगन्ज उप महानगरपालिका सिल गरिएको छ । नेपालगञ्जमै संक्रमण तिब्र गतिमा समुदायमा फैलिएकाले उपमहानगरपालिकाले सावधानी अपनाउन अपिल गरेको छ ।

बाँकेमा पछिल्लो पटक फेला परेका कोरोनाका संक्रमितमध्ये २० देखि २५ प्रतिशतमा ज्वरो आउने र रुघा खोकी जस्ता लक्षण देखिएको छ । लक्षण देखिएका संक्रमितलाई बाँकेको खजुरास्थित कोरोना आइशोलेशन अस्पतालमा राखिएको छ । गत चैत वैशाखमा देखिएका संक्रमितमा खासै लक्षण थिएन । तर अहिले लक्षण देखिएकाले सावधानी अपनाउन डाक्टरहरुको आग्रह छ ।

बाँकेमा कोरोनाको कहर बढ्दो छ । त्यसैले साउन १८ गतेदेखिको निषेधाज्ञा बढाएर २७ गते सम्म जारी राख्ने निर्णय गरिएको छ ।

निषेधाज्ञा कडाइका साथ पालना गराउन सुरक्षाकर्मी परिचालन गरिएको छ । अटेर गर्नेलाई पक्राउसमेत गर्न थालिएको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *