आर्थिक

सोल्टी क्राउन प्लाजाले कार्यक्रम टेडेक्सलाई मुख्य प्रायोजन गर्ने

हिमालय टिभी
२०७७ साउन २३ गते १९:५५
सोल्टी क्राउन प्लाजाले कार्यक्रम टेडेक्सलाई मुख्य प्रायोजन गर्ने

२३ साउन, २०७७ काठमाडौं । सोल्टी क्राउन प्लाजाले विश्व चर्चित कार्यक्रम टेडेक्सलाई मुख्य प्रायोजन गर्ने भएको छ ।

काठमाडौंमा आज आयोजित एक कार्यक्रमबीच सोल्टी क्राउन प्लाजा र टेडेक्सबिच प्रायोजन सम्बन्धी सम्झौता भएको हो ।

टेडेक्स दरबारमार्गको नाममा हुने टेड टकमा सहभागी वक्ताहरुले आफ्नो सफलताको कथा, आफुले गर्ने कार्य र त्यसले संसार र समाजलाई सकारात्मक ढंगले परिवर्तन गर्न कस्तो भूमिका खेलिरहेको हुन्छ भन्ने विषयमा चर्चा गर्ने छन् ।

एक अमेरिकी गैरसरकारी संस्था टेडले टेड टक शुरु गरेको हो । टेडसँग अनुमति लिएर विश्वभर नै यस्ता कार्यक्रम हुने गरेका छन् । टेडेक्स दरबारमार्ग भने सन् २०१८ देखि काठमाडौंमा हुँदै आएको छ ।

टेडेक्स दरबारमार्गमा सहभागी हुन चाहनेले यसको फेसबुक पेज तथा वेवसाइटमा गएर डिजिटल अडिसन पठाउन सक्ने छन् ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *