२३ साउन, २०७७, केरला । भारतको केरला राज्यको इडुक्की जिल्लामा आज गएको भीषण पहिरोमा परी कम्तीमा १५ जनाको मृत्यु भएको छ भने ६० जना बेपत्ता भएका छन्।
केरलाका मुख्यमन्त्री पिनारई विजयनका अनुसार अहिलेसम्म १५ जनाको मृत्यु भएको पुष्टि भएको छ। ५० जनालाई जीवितै उद्धार गरिएको छ। भारतीय सञ्चारमाध्यमका अनुसार प्रसिद्ध पर्यटकीय सहर मुन्नारको राजामलई क्षेत्रमा पहिरो गएको हो ।
केरलाका राजस्वमन्त्री ई चन्द्रशेखरले यसलाई ‘ठूलो त्रासदी’ भनेका छन्। धेरै मानिस अझै पुरिएको आशंका गरिएको छ। भारतका प्रधानमन्त्री नरेन्द्र मोदीले ट्विट गर्दै घटनाप्रति दुःख व्यक्त गरेका छन्।