अस्पतालको लापरवाहीले जनकपुरमा सुत्केरीको मृत्यु, दुई जना चिकित्सक पक्राउ
२३ साउन, २०७७ जनकपुुरधाम । अस्पताल र रेडक्रसको लापरवाहीले जनकपुरधाममा एक सुत्केरीको मृत्यु भएको छ ।
जनकपुरधाम स्थित रामजानकी अस्पतलमा ‘ओ’ पोजेटिभ ब्लड ग्रुप भएकी महिलालाई ‘बी’ पोजेटिभ रगत चढाउँदा मृत्यु भएको हो । महोत्तरीको गौशाला नगरपालिका वडा नम्बर ११ भरतपुरकी २३ वर्षीया गंगादेवी महतोको गलत समुहको रगत चढाए लगत्तै गएराति मृत्यु भएको थियो ।
शल्यक्रियामार्फत छोरी जन्माएकी महतोलाई दुईपोका रगत चढाइएको थियो । त्यसपछि सिकिस्त भएकी उनको केहीबेरमै मृत्यु भएको थियो । जाँच गर्दा ओ पोजेटिभको ठाउँमा बी पोजेटिभ रगत चढाएको पाइएको छ ।
गंगादेवीका श्रीमान राजकिशोरले अस्पताल र रेडक्रसको ब्लड बैंकलाई कारबाही नभएसम्म शव नउठाउने बताउनुभएको छ ।
अस्पतालले पठाएको नमुना अनुसार नै रगत दिएको रेडक्रसले बताएको छ ।
यसबारे अस्पताल प्रशासनले भने कुनै प्रतिक्रिया दिएको छैन । प्रहरीले घटनाको अनुसन्धान शुरु गरेको छ ।
गलत समूहको रगत चढाएर सुत्केरीको मृत्यु भएको अभियोगमा जनकपुरका दुई चिकित्सकलाई प्रहरीले पक्राउ गरेको छ ।
प्रतिक्रिया