विदेश
कोरोना संक्रमण बढिरहेका बेला भारतमा स्वास्थ्यकर्मी हड्तालमा
२०७७ साउन २३ गते १८:०५

२३ साउन, २०७७ नयाँ दिल्ली । कोरोना संक्रमण बढिरहेका बेला छिमेकी देश भारतमा स्वास्थ्यकर्मीहरु हड्तालमा उत्रिएका छन् ।
अग्रपंक्तिमा काम गर्ने स्वास्थ्यकर्मीले ब्यक्तिगत सुरक्षा पोषाक पीपीईको माग गर्दै हड्ताल गरेका हुन् । भारतमा अहिलेसम्म एक सयभन्दा बढी स्वास्थ्यकर्मीको कोरोना भाइरसका कारण मृत्यु भइसकेको छ ।
सरकारले स्वास्थ्य सामग्री नदिएको र बीमा सुरक्षामा पनि कुनै पहल नगरेको उनीहरुको आरोप छ । कोरोनाका कारण मृत्यु भएका स्वास्थ्यकर्मीलाई तत्काल बीमा सुरक्षा दिन उनीहरुको माग छ ।
यो हड्तालमा १० वटा कर्मचारी युनियनले ऐक्यबद्धता जनाएका छन् । जसमा एम्बुलेन्स चालक, सामाजिक केन्द्रमा खाना बनाउनेहरुसमेत छन् ।
प्रतिक्रिया