समाज
बैतडीमा पहिरोमा पुरिँदा आमाछोराको मृत्यु
२०७७ साउन २३ गते १३:०७
![बैतडीमा पहिरोमा पुरिँदा आमाछोराको मृत्यु](https://www.himalayatv.com/wp-content/uploads/2020/06/pahiro.jpg)
२३ साउन, २०७७, बैतडी । बैतडीमा पहिरोले पुरेर आमाछोराको मृत्यु भएको छ ।
गएराती घरमाथिबाट पहिरो जाँदा डिलाशैनी गाउँपालिका ४ का आनसिंह बोहराकी ४० वर्षीया श्रीमती पशुपति बोहरा र उहाँका १२ वर्षीय छोरा रिकेशको मृत्यु भएको प्रहरीले जनाएको छ ।
जिल्ला प्रहरी कार्यालय बैतडीका सूचना अधिकारी प्रहरी निरीक्षक किसन चन्दका अनुसार गएराति १ बजेतिर पहिरो जाँदा उनीहरू घरसँगै पुरिएका थिए ।
उनीहरूको बिहान शव फेला परेको प्रहरी निरीक्षक चन्दले जानकारी दिनुभयो । उहाँका अनुसार मृतक आमाछोरासँगै पहिरोमा पशुचौपाया पनि पुरिएका छन् ।
प्रतिक्रिया