समाज

कोरोना संक्रमण बढेसँगै नुवाकोटमा लकडाउन

हिमालय टिभी
२०७७ साउन २३ गते १२:५४
कोरोना संक्रमण बढेसँगै नुवाकोटमा लकडाउन

२३ साउन, २०७७, नुवाकोट । कोरोना सङ्क्रमणको जोखिम देखिएसँगै नुवाकोटका सबै स्थानीय तहमा आवागमनमा रोक र सार्वजनिक सेवा प्रवाहमा कटौती गरिएको छ।

सङ्कट व्यवस्थापन केन्द्रको हिजो बसेको बैठकले जिल्लाभित्र सञ्चालन हुने यात्रुवाहक सार्वजनिक यातायातका साधन आजदेखि अर्को निर्णय नहुँदासम्म सञ्चालनमा रोक लगाएको हो ।

अत्यावश्यक सेवाका साधन र अनुमतिप्राप्त साधनबाहेक अन्य सवारीसाधन जिल्ला प्रवेशमा पूर्णरूपमा रोक लगाइएको छ ।

राति ८ बजेदेखि बिहान ६ बजेसम्म एम्बुलेन्सबाहेक अरू सबै किसिमका सवारी साधन जिल्लामा प्रवेश गर्न नदिने पनि निर्णय गरिएको केन्द्रका संयोजक एवं प्रमुख जिल्ला अधिकारी झङ्कनाथ ढकालले जानकारी दिनुभयो ।

केन्द्रले जिल्लाको ८८ वटै वडामा वडाध्यक्षको संयोजकत्वमा ‘कोरोना रोकथाम समूह’ गठन गर्ने तथा ककनी र शिवपुरी गाउँपालिकाका सबै नाकामा स्वास्थ्य सहायताकक्ष स्थापना गर्ने निर्णय पनि गरेको छ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *