अन्तर्वार्ता

संगठित संस्थामा कोरोना संक्रमण फैलिए नियन्त्रण गर्न कठिन हुन्छः डा. रवीन्द्र पाण्डे, जनस्वास्थ्यविद (भिडियोसहित)

हिमालय टिभी
२०७७ साउन २३ गते १२:४३
संगठित संस्थामा कोरोना संक्रमण फैलिए नियन्त्रण गर्न कठिन हुन्छः डा. रवीन्द्र पाण्डे, जनस्वास्थ्यविद (भिडियोसहित)

२३ साउन, २०७७ काठमाडौं । संगठित संस्थामा कोरोना संक्रमण फैलिए नियन्त्रण गर्न कठिन हुने जनस्वास्थ्यविद्ले चिन्ता व्यक्त गरेका छन् ।

हिमालय टेलिभिजनको नियमित कार्यक्रम समय सन्दर्भमा कुरा गर्दै जनस्वास्थ्यविद् डा. रवीन्द्र पाण्डेले नेपाल प्रहरी, नेपाली सेना, स्वास्थ्यकर्मीहरुमा संक्रमण फैलिए नियन्त्रण गर्न कठिन हुने बताउनुभयो ।

उहाँले नेपालमा एक जनाले एक सय २५ जनासम्मलाई संक्रमण फैलाएका घटना भेटिएको बताउनु भयो । औसतमा एक जनाले १२ जनालाई भाइरस सार्दा १० हजार संक्रमित भएमा नेपालमा एक लाख २० हजार संक्रमित हुने उहाँको भनाई छ ।

समुदायमा संक्रमण हुन नदिन र अरुलाई बचाउनका लागि स्वास्थ्यकर्मीको काम गर्ने र बच्ने तरिका परिवर्तन गराउन पनि डा. पाण्डेले सुझाव दिनुभयो ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

यो पनि पढनुहोस्