खेलकूद

रोमालाई पराजित गर्दै सेभिया युरोपा लिगको क्वार्टरफाइनल प्रवेश

हिमालय टिभी
२०७७ साउन २३ गते ८:०८
रोमालाई पराजित गर्दै सेभिया युरोपा लिगको क्वार्टरफाइनल प्रवेश

२३ साउन, २०७७ काठमाडौं । रोमालाई हराउँदै सेभिया युरोपा लिग फुटबलको क्वार्टरफाइनलमा प्रवेश गरेको छ ।

हिजो राति भएको अन्तिम १६ को खेलमा सेभियाले रोमालाई २–० ले हराएको हो । अन्तिम मिनेट १० खेलाडीमा सिमित बनेको रोमाबिरुद्ध स्पेनिस क्लब सेभियाले पहिलो हाफमै दुई गोल गरेको थियो ।

पाँच पटकको च्याम्पियन सेभियाले जित निकाल्दै अन्तिम ८ मा आफुलाई सुरक्षित गरेको छ । खेलको २२ औं मिनेटमा सर्जियो रेगुईलनले सेभियालाई अग्रता दिलाएका थिए ।

यूसुफ एन नेसरीले ४४ औं मिनेटमा दोस्रो गोल गर्दै सेभियाको जित सुनिश्चित गरेका थिए ।पहिलो लेगको खेल कोरोनाले प्रभावित बनेपछि युरोपा लिगको बाँकी खेल जर्मनीमा सञ्चालन गरिएको छ ।

सेभिया पछिल्ला १८ खेलमा अपराजित रहेको छ । क्वार्टरफाईनल प्रवेश गरेका पछिल्ला तीन संस्करणमा सेभियाले उपाधि समेत जितेको छ । अर्को खेलमा बायर लिभरकुशनले रेञ्जरको १३ महिनाको युरोपा लिगको यात्रामा पूर्ण विराम लगायो ।

रेञ्जर पहिलो पटक अन्तिम १६ मा छनोट भएको थियो । मार्च १२ मा भएको पहिलो लेगको खेलमा लिभरकुशनले ३–१ को अग्रता बनाएको थियो ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

यो पनि पढनुहोस्