विदेश

भारतमा अहिलेसम्मकै धेरै कोरोना संक्रमित भेटिए, ६२ हजार बढीमा संक्रमण पुष्टि

हिमालय टिभी
२०७७ साउन २३ गते ८:०४
भारतमा अहिलेसम्मकै धेरै कोरोना संक्रमित भेटिए, ६२ हजार बढीमा संक्रमण पुष्टि

२३ साउन, २०७७, नयाँ दिल्ली । भारतमा एकै दिन कोरोना संक्रमित हुनेको संख्या अहिले सम्मकै उच्च देखिएको छ ।

पछिल्लो २४ घण्टामा भारतमा थप ६२ हजार एक सय ७० जना संक्रमित फेला परेका छन् । यो कोरोना संक्रमण शुरु भए यताकै सबैभन्दा बढी हो ।

पछिल्लो समय भारतमा देखिएको यो संक्रमण अमेरिका र ब्राजिलमा भन्दा बढी हुने गरेको छ । यो सँगै भारतमा अहिलेसम्म संक्रमितको संख्या २० लाख २५ हजार नाघेको छ ।

एकै दिन थप ८९९ जनाको ज्यान गएसँगै भारतमा कोरोनाका कारण मृत्यु हुनेको संख्या ४१ हजार ६ सय ३८ पुगेको छ ।

उता अमेरिकामा थप ५५ हजार २ सय ५५ तथा ब्राजिलमा ५४ हजार ८ सय एक जना संक्रमित भएका छन् । अमेरिकामा हालसम्म संक्रमितको संख्या ५० लाख २८ हजार पुगेको छ । त्यस्तै ब्राजिलमा २९ लाख १७ हजार मानिस संक्रमित भइसकेका छन् ।

विश्वभर एकै दिन थप २ लाख ६८ हजार जनामा कोरोना संक्रमण पुष्टि भयो । यस्तै पछिल्लो २४ घण्टामा विश्वमा ६ हजार दुई सयको मृत्यु भएको छ ।

ब्राजिलमा सबैभन्दा बढी १ हजार २ सय २६, अमेरिकामा १ हजार एक सय २८ जनाले ज्यान गुमाएका छन् । विश्वभर संक्रमित मध्ये १ करोड २३ लाख ४५ हजार भन्दा बढी संक्रमणमुक्त भैसकेका छन् ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *