विदेश

भारतको अहमदावादमा कोरोना विशेष अस्पतालमा आगलागी हुँदा ८ जनाको मृत्यु

हिमालय टिभी
२०७७ साउन २२ गते १७:५६
भारतको अहमदावादमा कोरोना विशेष अस्पतालमा आगलागी हुँदा ८ जनाको मृत्यु

२२ साउन, २०७७, गुजरात । भारतको गुजरात राज्यको अहमदाबादस्थित एक कोरोना विशेष अस्पतालमा आगलागी हुँदा ८ जना बिरामीको मृत्यु भएको छ ।

अहमदाबादको नवरंगापुर क्षेत्रमा रहेको कोरोना संक्रमितका लागि निर्धारित श्रेय अस्पतालमा आगलागी भएको हो । ३ महिला र ५ जना पुरुषको मृत्यु भएको अस्पताल प्रशासनले जनाएको छ ।

आइसीयूमा विद्युत सर्ट भइ आगो लागेको प्रत्यक्षदर्शीको भनाइ उल्लेख गर्दै भारतीय सञ्चारमाध्यमले जनाएका छन् ।

आगलागी हुँदा आइसीयू वार्डमा १० जना तथा अस्पतालमा ४९ जना संक्रमितको उपचार भइरहेको थियो । संक्रमितलाई नजिकैको अर्को अस्पतालमा सारिएको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *