भारतमा पछिल्लो एकै दिन ५६ हजार कोरोना संक्रमित थपिए
२२ साउन, २०७७ नयाँ दिल्ली । पछिल्लो समय भारतमा ५६ हजार भन्दा बढी कोरोना संक्रमित थपिएका छन् ।
गएको २४ घण्टामा भारतमा ५६ हजार ६ सय २६ जना संक्रमित थपिएका हुन् । यो संख्या एकैदिन संक्रमित हुने अमेरिका र ब्राजिलभन्दा बढी हो ।
अमेरिकामा ५५ हजार १ सय ४८ तथा ब्राजिलमा ५४ हजार ६ सय ८५ जना संक्रमित भए । अमेरिकामा हालसम्म सबंभन्दा बढी ४९ लाख ७३ हजार भन्दा बढीमा कोरोना संक्रमण भएको छ ।
त्यस्तै ब्राजिलमा २८ लाख ६२ हजार ७ सय ६१ तथा भारतमा १९ लाद ६३ हजार २ सय ३९ जना संक्रमित भएका छन् । बुधबार विश्वभर २ लाख ७० हजार ५ सय ४५ जनामा कोरोना संक्रमण पुष्टि भयो ।
यस्तै पछिल्लो २४ घण्टामा विश्वमा ६ हजार ८ सय ३० जनाको मृत्यु भएको छ । ब्राजिलमा सबैभन्दा बढी १ हजार ३ सय २२, अमेरिकामा १ हजार ३ सय ११ तथा भारतमा ९ सय १९ जनाले ज्यान गुमाएका छन् ।
विश्वभर संक्रमित मध्ये १ करोड २१ लाख ५६ हजार भन्दा बढी संक्रमणमुक्त भैसकेका छन् । आज मेक्सिकोमा ६ हजार १ सय ३९ जना संक्रमित हुँदा ८ सय २९ जनाको मृत्यु भएको छ ।
प्रतिक्रिया