फरक क्षमता भएकाहरुको ‘अपांग प्रतिभा, २०२०’ आयोजना गरिने

२१ साउन, २०७७ काठमाडौं । नेपालमै पहिलाे पटक फरक क्षमता भएका व्यक्तिहरुलाई लक्षित गरी ‘अपांग प्रतिभा २०२०’ आयाेजना हुने भएकाे छ ।
दिव्यज्याेति फाउण्डेसन नेपाल र चिल्ड्रेन गार्डेन एकेडेमिकाे संयुक्त आयाेजनामा प्रतियाेगिता हुन लागेकाे हाे ।
संस्थाले आज पत्रकार सम्मेलन गर्दै देशका सातै वटा प्रदेशका मुख्य शहरहरु विर्तामाेड, इटहरी, जनकपुर, चितवन, पाेखरा, बुटवल, नेपालगञ्ज र धनगढीबाट फरक क्षमता भएका विभिन्न विधाका प्रतिभा छनाैट गरी प्रतियाेगीता आयाेजना हुन लागेकाे जानकारी दिएकाे हाे ।
सातै प्रदेशबाट छनाैट भएका विभिन्न विधाका प्रतियाेगीहरुकाे फाइनल काठमाडाैंमा हुने आयाेजकले जनाएकाे छ । प्रतियाेगीतामा नृत्य, गायन र चित्रकलाका विधामा प्रतिष्पर्धा गरिनेछ । जसमध्ये उत्कृष्ट हुने प्रतियाेगीले उपाधि जित्नुका साथै नगद रु एक लाखसहित मुस्ताङ् भ्रमणकाे माैका पाउने छन् ।
यस्तै दृतिय र तृतीय विजेताले नगद पुरस्कारका साथै आकर्षक पुरस्कार पाउने छन् ।
यस प्रतिभा कार्यक्रमकाे संयाेजक र व्यवस्थापन अपांग विश्व साइकल यात्री चित्र पाैडेल र रस्मी शाक्यले गर्ने भएका छन् । यस्तै समूह व्यवस्थापन युनिक भिजक इन्टरटेनमेन्ट र लायन्स क्लब अफ काठमाडाैं, राइजिङ ड्रिमले गर्ने भएका हुन् । विधमान परिस्थितीलाई ध्यानमा राख्दै, सामाजिक दुरी कायम गरी कार्यक्रम आयोजना गरिने आयोजकले जनाएको छ ।
प्रतियाेगिताकाे बारेमा फेसबुक पेज Differently abled talent 2020 मा गएर विस्तृत जानकारी लिन सकिनेछ । कार्यक्रम भदाै २७ गते प्रदेश ३ काे चितवन र काठमाडाैंमा हुनेछ ।
प्रतिक्रिया