समाज

रोगभन्दा भोकको डर : सुदूरपश्चिमका युवा फेरि भारततिर (भिडियोसहित)

हिमालय टिभी
२०७७ साउन २१ गते १९:५९
रोगभन्दा भोकको डर : सुदूरपश्चिमका युवा फेरि भारततिर (भिडियोसहित)

२१ साउन, २०७७ धनगढी । रोजगारीको शिलसिलामा भारत रहेका अधिकांश नेपाली कोरोना महामारीका कारण स्वदेश फर्केका छन् । तर सुदूरपश्चिमका केहि युवा रोजगारी खोज्दै फेरि भारत जान बाध्य छन् ।

नेपालीका लागि भारत जान नाका बन्द छ । तर भारतमा काम गरेको परिचय पत्रका आधारमा नेपालीहरु भारत गइरहेका छन् । कैलालीको त्रिनगर नाका भएर मात्रै दैनिक १ सयदेखि ३ सयसम्म नेपाली भारत जान थालेका छन् ।

भारतमा कोरोना महामारी भन्दै अधिकांश नेपाली स्वदेश फर्किरहेका बेला रोजगारीकै लागि भारत जाने क्रम पनि शुरु भएको छ । चार महिने लकडाउनमा घरमै बसेका नेपाली रोजगारीका लागि फेरी भारत जान थालेका हुन् ।

हाल कैलालीको त्रिनगर नाकाबाट स्वदेश आउने र भारत जानेको संख्या बराबर छ । अहिले दैनिक १ सयदेखि ३ सय नागरिक भारतबाट आउने गरेका छन् ।

यस्तै भारत जाने नेपाली पनि दैनिक १ सयदेखि ३ सयसम्म हुने गरेका छन् । बिगतमा नेपालमै रहेका भारती भारत फर्कने गरेको भए पनि अहिले भने नेपाली नै कामका लागि भन्दै भारत जान थालेका हुन् ।

भारतमा कोरोना संक्रमित दिन दुई गुणा रात चौगुणा बढीरहेका छन् । तर पनि भारत जानेलाई त्यसको डर छैन । घर बसेर सुको आम्दानी नहुने भन्दै घर खर्च चलाउनकै लागि उनीहरु भारत फर्कन थालेका हुन् ।

यो विपद्का बेला काम खोज्दै विदेशीनु दुखत र जोखिमपूर्ण काम हो । किन कि भारतमा रोकिएका नेपाली फर्कने क्रम अझै रोकिएको छैन । यस्तोमा काम खोज्दै भारत जाने नेपाली पनि बढ्न थालेका छन् ।

नेपालमा भन्दा भारतमा कोरोनाको जोखिम धेरै छ । तर पनि नेपाल भारत आउजाउ रोकिएको छैन । यसरी आउजाउ गर्नेहरु आफू त जोखिममा पर्छन नै उनीहरुले अरुलाई समेत कोरोना संक्रमणको जोखिममा पार्ने खतरा छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *