समाज
बाँकेको गनापुरमा बन्यो नेपालकै पहिलो खुल्ला कारागार
२०७७ साउन २१ गते १९:१३

२१ साउन, २०७७ काठमाडौं । बाँकेको गनापुरमा नेपालकै पहिलो खुल्ला कारागार निर्माण भएको छ ।
कारागार व्यवस्था विभागले गनापुरस्थित कृषि फार्मको छ बिघा जमिनमा बनाएको कारागार संचालनको तयारी भइरहेको छ । कम सजाय हुने मुद्दामा कारागार चलान भएका र तुलनात्मक रुपमा आचरण ठिक भएका कैदी बन्दीलाई खुल्ला कारागारमा राखिनेछ ।
बिहान कारागार प्रशासनबाट अनुमति लिइ बाहिर गएर काम गर्न, परिवार भेट्न र जागिर गर्नसक्ने कैदीले बेलुकी तोकिएको समयमा कारागार फर्किसक्नुपर्ने बाँकेका प्रमुख जिल्ला अधिकारी रामबहादुर कुरुम्वाङले जानकारी दिनुभयो ।
खुल्ला कारागारमा बिद्युत जडान गरेर पानीको व्यवस्था हुँदासाथ कैदी बन्दीलाई राख्न सकिने छ ।
प्रतिक्रिया