आर्थिक

सरकारी कर्मचारीको निःशुल्क कोरोना बीमा शुरु

हिमालय टिभी
२०७७ साउन २१ गते १९:०८
सरकारी कर्मचारीको निःशुल्क कोरोना बीमा शुरु

२१ साउन, २०७७ काठमाडौं । बीमा समितिले सरकारी कर्मचारीको निःशुल्क कोरोना बीमा गर्न थालेको छ ।

चालु आर्थिक वर्षको बजेटमा रहेको कोरोना बीमासम्बन्धी व्यवस्थालाई कार्यान्वयन गर्दै बीमा समितिले सरकारी कर्मचारीको निःशुल्क बीमा गर्ने व्यवस्था कार्यान्वयनमा ल्याएको हो ।

जस अनुसार अब सबै सरकारी कर्मचारीको सामूहिक कोरोना बीमा भएको छ । र बिमा गरेका सरकारी कर्मचारीलाई आउँदो वर्षको असार मसान्तसम्ममा कोरोना संक्रमण भएमा बीमा रकम पाउने छन् ।

बीमा लेख अन्तर्गत एक लाख र ५० हजार गरी दुई प्रकारको बीमाङ्क कायम गरिएको छ । यस्तै विमा समितिले नागरिकले आफ्नो परिवारको सामूहिक बीमा गर्दा ५० प्रतिशत अनुदान पाउने व्यवस्थालाई पनि कार्यान्वयनमा ल्याएको छ । यसअघि स‌ंस्थागत विमा गर्नेले मात्र ५० प्रतिशत अनुदान पाउँदै आएका थिए ।

कोरोना बीमालेख खरिद गरेको १५ दिन पछि नेपाल सरकार स्वास्थ्य मन्त्रालय अन्तर्गतका निकायबाट पीसीआर परीक्षण गर्दा कोरोना भाइरस संक्रमण भएको पाइएमा बीमालेख बमोजिमको रकम भुक्तानी हुने बीमा समितिले जनाएको छ ।

त्यसको लागि बीमालेख दाबी गरेको ७ दिन भित्र बीमितलाई दाबी भुक्तानी हुने व्यवस्था पनि समितिले गरेको छ । दाबी भुक्तानी नहुँदै बीमितको मृत्यु भएमा बीमितले इच्छाएको व्यक्ति वा कानूनी हकवालालाई भुक्तानी गर्ने व्यवस्था गरिएको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *