समाज

ठेकेदारले गुणस्तरहीन काम गर्दा, सर्वसाधारण ज्यान हत्केलामा लिएर यात्रा गर्न बाध्य (भिडियोसहित)

हिमालय टिभी
२०७७ साउन २१ गते १८:१०
ठेकेदारले गुणस्तरहीन काम गर्दा, सर्वसाधारण ज्यान हत्केलामा लिएर यात्रा गर्न बाध्य (भिडियोसहित)

२१ साउन, २०७७ भोजपुर । सडक स्तरोन्नतिका लागि विनियोजित बजेट अनुसारको गुणस्तरीय काम नहुँदा र भारी वर्षाका कारण भोजपुरका कच्ची सडकमा यात्रा गर्दा स्थानीयले सास्ती खेप्नुपरेको छ । सडककै कारण यात्रुहरु वर्षेनि जोखिमपूर्ण यात्रा गर्न बाध्य छन् ।

स्तरोन्नतिको काम गुणस्तरीय नहुँदा र भारी वर्षाका कारण भोजपुरको उत्तरी दिङ्ला भोजपुर सडक खण्डमा यात्रा गर्दा जोखिम मोल्नु स्थानीय बासिन्दाको दैनिकी बनेको छ । भोजपुरको दोस्रो मुख्य व्यापारिक केन्द्रको रुपमा रहेको दिङला बजारदेखि सदरमुकाम जोड्ने मुख्य सडक समयमा मर्मत नहुँदा यात्रु मर्कामा परेका छन् ।

सडकका लागि आवश्यक नाली व्यवस्थापन नहुँदा वर्षाका कारण सडक यत्रतत्र भत्किएको छ । जसका कारण यात्रुवाहक गाडी ठप्प छ भने सामान ढुवानीका साधन तथा पैदल यात्रुलाई समेत समस्या भएको छ ।

समयमा सडकको स्तरोन्नतिका लागि सम्बन्धित निकायले चासो नदिँदा समस्या खेप्नु परेको गुनासो छ । सम्बन्धित निकाय भने कोरोना भाइरसको कारण गत आर्थिक वर्षमा सोचे अनुरुप काम गर्न नसकिएको भन्दै पन्छिएको छ ।

विकास निर्माणका काममा सम्वन्धित निर्माण कम्पनिले गुणस्तरीय काम नगर्नु र सम्वन्धित निकायले बजेट कार्यान्वयन तथा अनुगमन गर्न नसक्नुका कारण जनाताले सास्ती खेपिरहेका छन् ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *