कला/मनोरञ्जन
मदन पुरस्कारका लागि सात वटा पुस्तकको सूची सार्वजनिक
२०७७ साउन २१ गते १५:०२
२१ साउन, २०७७ काठमाडौं । मदन पुरस्कार गुठीले ‘मदन पुरस्कार–२०७६’ का लागि सात वटा पुस्तकको सूची सार्वजनिक गरेको छ ।
सूचीमा विमल निभाको जोकरको बन्दुक, तीर्थ श्रेष्ठको धर्सैधर्साको चक्रव्यूह, भुवन ढुंगानाको परित्यक्ता, योगी धर्ममहारसको महारस निघण्टु (खण्ड १–३(, चन्द्रप्रकाश बानियाँको महारानी, ललित बिष्टको मोहपथ र शारदा शर्माको यात्रामा समावेश छन ।
पुरस्कारका निम्ति गुठीलाई प्राप्त १५१ मध्ये सात पुस्तकलाई पुरस्कार छनोट समितिले रोजेको हो ।
छनोटमा परेका यी पुस्तक मध्ये एक पुस्तकलाई वर्ष २०७६ को मदन पुरस्कार प्रदान गरिने छ । मदन पुरस्कारको राशी दुई लाख रुपैंया छ ।
प्रतिक्रिया