अन्तर्वार्ता
कोरोनाको नाममा आर्थिक र राजनीतिक चेलखेल भयोः डा. प्रवीन मिश्र, पूर्व स्वास्थ्य सचिव (भिडियोसहित)
२०७७ साउन २१ गते १३:५०
२१ साउन, २०७७ काठमाडौं । पूर्व स्वास्थ्य सचिव डा. प्रवीन मिश्रले सरकारले कोरोना संक्रमण रोकथाम, नियन्त्रण र व्यवस्थापनमा भइरहेको आर्थिक र राजनीतिक चलखेलमा आँखा चिम्लेको बताउनु भएको छ ।
उहाँले कोरोना समुदाय तहमा फैलनुमा सरकाको गम्भीर त्रुटि रहेको दाबीसमेत गर्नु भएको छ। हिमालय टेलिभिजनको कार्यक्रम समय सन्दर्भमा सरोजसिंह थापासँग कुरा गर्दै डा. मिश्रले सरकारले कोरोना निन्त्रणको प्रयास १० प्रतिशत पनि काम नगरेको दाबी गर्नुभयो ।
यही अवस्था रहे नेपालमा कोरोनाकै कारण राजनीतिक व्यवस्था नै फेरबदल हुन सक्ने समेत उहाँको दाबी छ । सरकारले पार्टीलाई लेवी बुझाउनेलाई मात्र विज्ञ देखेकाले अहिलेको अवस्था आएको बताउनुभयो ।
राजनीतिक तहमा अझै चेत नआए कोरोना पूर्ण रुपमा नियत्रण बाहिर जान सक्ने उहाँको अनुमान छ ।
प्रतिक्रिया