अन्तर्वार्ता

भारतले नेपालको प्रगति देख्न नसक्दा सम्बन्धमा समस्याः डा. भेषबहादुर थापा, परराष्ट्रविद (भिडियोसहित)

हिमालय टिभी
२०७७ साउन २१ गते १३:४५
भारतले नेपालको प्रगति देख्न नसक्दा सम्बन्धमा समस्याः डा. भेषबहादुर थापा, परराष्ट्रविद (भिडियोसहित)

२१ साउन, २०७७ काठमाडौं । परराष्ट्रविद डा. भेषबहादुर थापाले नेपाल–भारत सम्बन्धमा अहिलेकोजस्तो संवादहीनतामा कहिले पनि नभएको बताउनु भएको छ ।

हिमालय टेलिभिजनको विशेष कुराकानीमा सरोजसिंह थापासँग कुरा गर्दै परराष्ट्रविद मुख्य कारण नै नेपालको प्रगति भारतलाई मन नपर्नु रहेको बताउनुभयो । उहाँले यस्तो अवस्था धेरै समय रहँदा दुवै देशलाई फाइदा नपुग्ने बताउनुभयो ।

साथै उहाँले सीमाको विषयलाई लिएर वार्तामा बस्न नमान्नु भारतको गतल कूटनीति भएको बताउँदै त्यस्ले स्वयम भारतलाई नै ठुलो क्षति हुने बताउनु भयो ।

भारतले नेपाललाई विगतको चस्मा फुकालेर नहेरेसम्म समस्या कहिले पनि समाधान नहुने बताउनुभयो । उहाँले चीन र भारतको नेपालप्रतिको चासोमा अमेरिकाजस्ता शत्तिmको चासो र चिन्ता मिसिनुले नेपालको कूटनीतिक क्षमता थप प्रभावशाली बनाउनु जरुरी रहेको बताउनुभयो ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

यो पनि पढनुहोस्