आर्थिक

सुनको भाउ अहिलेसम्मकै उच्च, तोलाको १ लाख १ हजार ४ सयमा कारोबार

हिमालय टिभी
२०७७ साउन २१ गते १३:०९
सुनको भाउ अहिलेसम्मकै उच्च, तोलाको १ लाख १ हजार ४ सयमा कारोबार

२१ साउन, २०७७ काठमाडौं । नेपाली बजारमा सुन तोलाको एक लाख नाघेको छ ।

तोलामा १ हजार ६ सय रुपैया बढेर सुन आज प्रतितोला १ लाख १ हजार ४ सय रुपैयाँ पुगेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । पछिल्ला दिनमा सुनको मूल्य हालसम्मकै उच्च हुँदै आएको छ ।

अन्तर्राष्ट्रिय बजारमा नै सुनको भाउ बढेका कारण त्यसको असर नेपामा पनि परेको महासंघको भनाइ छ । अन्तर्राष्ट्रिय बजारमै सुनमा लगानीकर्ता बढेका, सुनको उत्पादनमा कमी आएको, ठूला देशबीच द्वन्द्व बढेको तथा कोरोना संक्रमणका कारण अस्थिरता बढेकाले अन्तर्राष्ट्रिय बजारमा सुनको मूल्य निरन्तर उकालो लागेको बताइन्छ ।

कोरोना भाइरस संक्रमणको कारण लगानीका अन्य क्षेत्र बन्द हुँदा लगानीकर्ता सुनप्रति आकर्षित भएका छन् । अन्तर्राष्ट्रिय बजारमा माग बढे पनि नेपाली बजारमा भने सुनको माग घटेको छ ।

सुन अत्यधिक बढेसँगै कारोबार ठप्प हुँदै गएको महासंघले जनाएको छ। यस्तै अघिल्लो दुई दिन स्थिर रहेको चाँदीमा आज प्रतितोला ६५ रुपैयाँ बढेको छ । चाँदी आज तोलाको १२ सय ९५ रुपैयाँमा कोरोबार भइरहेको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *