कला/मनोरञ्जन

चलचित्र क्षेत्र सुचारु गर्न चलचित्रकर्मीहरु तयार

हिमालय टिभी
२०७७ साउन २१ गते १३:०४
चलचित्र क्षेत्र सुचारु गर्न चलचित्रकर्मीहरु तयार

२१ साउन, २०७७ काठमाडौं । चलचित्र क्षेत्रलाई सुचारु गर्न सरकारले साथ दिए सिनेमा रिलिज गर्न आफुहरु तयार रहेको नेपाल चलचित्र निर्माता संघका अध्यक्ष आकाश अधिकारीले बताउनुभएको छ ।

कोभिड १९ का कारण चलचित्र क्षेत्र सबैभन्दा धेरै प्रभावित भएकाले संघले सरकारसँग विभिन्न माग राखेको र ती माग पुरा भए चलचित्र रिलिज गर्न आफुहरु तयार रहेको अधिकारीले बताउनुभएको छ ।

अध्यक्ष अधिकारीले सिनेमा हल खोल्ने वातावरण भए सिनेमा रिलिज गर्न तयार रहेको बताउनुभएको हो । सिनेमा निर्माताले कुनैपनि सिनेमा निर्माण गर्न बनाएको बजेटको २० प्रतिशत ग्राण्ड रकम सरकारले उपलब्ध गराउनुपर्ने, डिजिटल माध्यमबाट सिनेमा रिलिज गर्न सक्नेगरी भुक्तानी प्रणालीको विकास गर्नुपर्ने लगायतका माग संघले राखेको थियो ।

लकडाउनका कारण चलचित्र उद्योग बन्द हुँदा प्रतक्ष रुपमा ३० देखि ३२ हजार र अप्रतक्ष रुपमा एक लाख पचास हजार सम्मले रोजगारी गुमाएको अधिकारीले बतानुभयो ।

उहाँले चलचित्र क्षेत्रमा लगानी भएको १ अर्ब ४० करोड रुपैयाँ भन्दा बढी लगानी जोखिममा परेको बताउनुभयो । सरकारले पुनरकर्जा सुविधा दिएपनि त्यसको उपयोग सिमित व्यक्तिहरुले मात्रै गर्न सक्ने भएकाले आफुहरुले पुनरउत्थानको माग गरेको स्पस्ट पार्नुभयो ।

लकडाउन भएयता चलचित्र क्षेत्र पूर्णरुपमा बन्द छ । अधिकारीका अनुसार चैत देखि जेठ सम्म पदर्शनका लागि मिति लिएर बसेका २३ देखि २५ वटा सिनेमा, पोस्टप्रोडक्सनमा रहेका २० वटा सिनेमा र केही दिनको छायांकन भएर रोकिएका १५ वटा सिनेमा रहेको तथ्याङ्क संघमा प्राप्त भएको बताउनुभयो ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *