समाज

बाँकेका कोरोना संक्रमितमध्ये १० देखि १५ प्रतिशतमा लक्षण

हिमालय टिभी
२०७७ साउन २१ गते १२:४०
बाँकेका कोरोना संक्रमितमध्ये १० देखि १५ प्रतिशतमा लक्षण

२१ साउन, २०७७ बाँके । बाँके जिल्लाका कोरोनाका संक्रमितहरुमध्ये १० देखि १५ प्रतिशतमा लक्षण देखिएको छ ।

नयाँ संक्रमितमा ज्वरो आउने र रुघा खोकी जस्ता लक्षण देखिएको बाँकेका कोरोना फोकल पर्सन नरेश श्रेष्ठले बताउनु भयो ।

संक्रमितहरुमा सिजनल रुघा खोकी हो या कोरोना कै कारण रुघा खोकी ज्वरो देखिएको हो भन्ने बारे भने चिकित्सकहरुले अध्ययन गरिरहेको जनाएका छन ।

लक्षण देखिएका संक्रमितहरुलाई बाँकेको खजुरास्थित कोरोना आइसोलेशन अस्पालमा राखिएको छ । बाकेमा हिजो साँझ कारागार शाखा बाँकेका ७ जना कैदी र वडा प्रहरी कार्यालय नेपालगन्जमा कार्यरत ६ जना प्रहरी गरी १३ जनाका कोरोना संक्रमण देखिएको छ ।

बाँके कारागारमा ७ सय ९० कैदी बन्दी भएका कारण संक्रमण अन्य कैदी बन्दीहरुमा पनि फैलिएको हुन सक्ने भएकाले स्वाबको नमूना लिएर परीक्षण गर्ने तयारी गरिएको छ ।

नेपालगन्ज उपमहानगरपालिकाका एक जना वडा अध्यक्षसहित ८ जनामा कोरोना संक्रमण देखिएपछि हिजो उपमहानगरका थप २ सय जनाको स्वाबको नमूना संकलन गरिएको छ ।

समुदायस्तरमै संक्रमण फैलिएपछि २४ गतेसम्मका लागि निषेधाज्ञा जारी गरिएको छ । बाँकेमा हालसम्म ४ सय ७० जना संक्रमितको पहिचान भएको छ ।

पहिचान भएका संक्रमितमध्ये ७४ जनाको उपचार भइरहेको छ भने २ जनाको मृत्यु भएको र ३ सय ९४ जना निको भएर घर फर्किसकेका छन् ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *