खेलकूद
फुलह्याम पुनः फर्कियो इंग्लिस प्रिमियर लीगमा
२०७७ साउन २१ गते ७:४८

२१ साउन, २०७७ काठमाडौं । फुलह्याम फेरि इंग्लिस प्रिमियर लीगमा फर्किएको छ ।
च्याम्पियनसिप प्ले–अफ फाइनलमा ब्रेन्टफोर्डलाई अतिरिक्त समयमा दुई(एक गोलले पराजित गर्दै फुलह्याम शीर्ष डिभिजनको प्रिमियर लीगमा बढुवा भएको हो ।
वेम्ले रंगशालामा निर्धारित ९० मिनेटको खेल गोलरहित बराबरीमा सकिएको थियो । त्यसपछि अतिरिक्त समय अन्तर्गत १०५ औं मिनेटमा ब्रायनको गोलसँगै फुलहामले अग्रता बनायो ।
११७ औं मिनेटमा फेरी ब्रायनले दोस्रो व्यक्तिगत गोल गरे । खेल सकिन तीन मिनेट बाँकी रहँदा हेनरीक डाल्सगार्डले एक गोल गरे । जितसँगै फुलह्याम च्याम्पियनसिपबाट प्रिमियर लीगमा बढुवा हुने तेस्रो तथा अन्तिम टोली बन्यो ।
शीर्ष दुईमा रहेर लिड्स तथा वेष्ट ब्रोमले यसअघि नै छनोट भैसकेका छन् ।
प्रतिक्रिया