खेलकूद

विकास मल्ल राष्ट्रिय फुटबल टिमको गोलकिपर प्रशिक्षक नियुक्त

हिमालय टिभी
२०७७ साउन २० गते १८:४३
विकास मल्ल राष्ट्रिय फुटबल टिमको गोलकिपर प्रशिक्षक नियुक्त

२० साउन, २०७७ काठमाडौं । अखिल नेपाल फुटबल संघ एन्फाले पूर्व खेलाडी विकास मल्ललाई राष्ट्रिय टिमको गोलकिपर प्रशिक्षकमा नियुक्त गरेको छ ।

अहिले राष्ट्रिय फुटबल टिम फिफा विश्वकप छनोटको तयारीमा छ । बाँकी तीनवटा होम म्याचलाई मध्यनजर गर्दै एन्फाले मल्ललाई गोलकिपर प्रशिक्षकको जिम्मेवारी दिएको हो ।

यसअघि जापानी प्रशिक्षक मिट्सु मोले प्रशिक्षण गराइरहेका थिए । कोरोना भाइरसको महामारीका कारण मो नेपाल आउन सम्भव नभएपछि मल्ललाई स्थान दिइएको हो ।

आर्मीका पूर्व कप्तान तथा गोलकिपर मल्लले नेपालका लागि सन् २००५ देखि २०१३ सम्म खेलेका थिए । मल्लले एएफसीबाट ए लेभल गोलकिपिङ प्रशिक्षण कोर्स गरेका छन् ।

उनी भदौ एक गतेदेखि हुने फिफा विश्वकप छनोटको तयारीमा टिममा आबद्द हुनेछन । नेपालले विश्वकप र एशिया कप छनोट अन्तर्गत घरेलु मैदानमा चाइनीज ताइपेइ, अष्ट्रेलिया र जोर्डनसँग खेल्नेछ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

यो पनि पढनुहोस्