समाज

कोरोनाका कारण ज्यान गुमाएका वृद्धको शव कोनेपोखरी जंगलमा अन्त्येष्टि

हिमालय टिभी
२०७७ साउन २० गते १५:५७
कोरोनाका कारण ज्यान गुमाएका वृद्धको शव कोनेपोखरी जंगलमा अन्त्येष्टि

२० साउन, २०७७ विराटनगर । कोरोना संक्रमणका कारण सोमबार मृत्यु भएका विराटनगरका वृद्धको शव मोरङको कानेपोखरी क्षेत्रको जंगलमा अन्त्येष्टि गरिएको छ ।

कोशी आस्पतालको आइसोलेशनमा भएको संक्रमितको शव नेपाली सेनाको शव व्यवस्थापन टोलीले लिएर जंगलमा अन्त्येष्टी गरेको हो।

मृतकको शवलाई नेपाली सेनाको टोलीले सुरक्षित साथ अन्त्येष्टिका लागि लिएर गएको कोशी अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट डा. चुमानलाल दासले जानकारी दिनुभयो । जिल्ला प्रशासन कार्यालय र स्थानीय तहको समन्वयमा शवको अन्त्येष्टि गर्न लागिएको हो ।

सोमबार बिहान श्वासप्रश्वासमा समस्या भएपछि कोशी अस्पतालको आइसोलेशनमा भर्ना भएका विराटनगर– ५ का ७७ वर्षीय वृद्धको अपरान्ह ३ः१५ बजे मृत्यु भएको थियो ।

अस्पताल पुग्नसाथ कोरोना भएको आशंकामा उनको स्वाब संकलन गरी परीक्षण गरिएको थियो । स्वाब परीक्षणको रिपोर्ट आउनु अगाडि नै उनको मृत्यु भएको अस्पतालले जनाएको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *