विदेश

स्पेनका पूर्व राजा ख्वान कार्लोसद्वारा देश छाड्ने घोषणा

हिमालय टिभी
२०७७ साउन २० गते १३:१०
स्पेनका पूर्व राजा ख्वान कार्लोसद्वारा देश छाड्ने घोषणा

२० साउन, २०७७, स्पेन । स्पेनका पूर्व राजा ख्वान कार्लोसले देश छाड्ने घोषणा गरेका छन् ।

भ्रष्टाचार मुद्दामा अनुसन्धान भइरहेका बेला पूर्व राजा कार्लोसले देश छाड्ने त्यहाँको राजदरबारले जनाएको हो । पूर्व राजाले देश छाड्न लागेको जानकारी स्पेनकै राजदरबारले दिएको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमले जनाएका छन् ।

८२ वर्षका पूर्व राजाले स्पेनमा करिब ४० वर्ष राज गरेका थिए । स्पेनलाई अधिनायकवादबाट प्रजातन्त्रसम्म कुशलतापूर्वक डोर्‍याएका उनले सन् २ हजार १४ मा गद्दी त्यागेका थिए ।

कहिले देश छाड्ने र कहाँ गएर बस्ने बारे केही खुलाइएको छैन । उनले आफूमाथि लागेका आरोपबारे केही सोधपुछ गर्नु परे उपलब्ध हुने पनि बताएका छन् ।

गत जुनमा स्पेनको सर्वोच्च अदालतले साउदी अरेबियामा तीव्र गतिको रेल बनाउने सम्बन्धी सम्झौतामा पूर्वराजा कार्लोसको संलग्नताबारे अनुसन्धान अघि बढाएको थियो।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *