समाज

कैलालीको मोहना नदी पौडी खेल्दा बेपत्ता दुई जनाको शव फेला

हिमालय टिभी
२०७७ साउन २० गते १३:०३
कैलालीको मोहना नदी पौडी खेल्दा बेपत्ता दुई जनाको शव फेला

२० साउन, २०७७ कैलाली । कैलालीको मोहना नदीमा पौडी खेल्ने क्रममा डुबेर बेपत्ता भएका दुईजना किशोरको शव फेला परेको छ ।

धनगढी उपमहानगरपालिका–१३ श्रीलङ्काका १५ वर्षीय सन्दीप चौधरी र १२ वर्षीय अरुण चौधरीको शव आज बिहान भेटिएको प्रहरीले जनाएको छ ।

मोहना नदीमा आइतबार पौडी खेल्ने क्रममा बेपत्ता भएका उनीहरुको शव बगेको स्थानबाट झण्डै डेढ किलोमिटरको दूरीमा मृतावस्थामा फेला परेको जिल्ला प्रहरी कार्यालयका प्रहरी उपरीक्षक अनुपशम्शेर जबराले जानकारी दिनुभयो ।

उनीहरुको शवपरीक्षणका लागि अस्पताल ल्याइएको जनाइएको छ । नेपाल प्रहरी, सशस्त्र प्रहरीलगायत स्थानीयवासीले बेपत्ता भएदेखि उनीहरुको खोजी कार्य जारी राखेका थिए ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *