आर्थिक

सुनको भाउ प्रतितोला दुई सय बढ्यो, तोलाको ९९ हजार ८ सय रुपैयाँमा कारोबार

हिमालय टिभी
२०७७ साउन २० गते १२:५९
सुनको भाउ प्रतितोला दुई सय बढ्यो, तोलाको ९९ हजार ८ सय रुपैयाँमा कारोबार

२० साउन, २०७७ काठमाडौं । नेपाली बजारमा सुनको मूल्य तोलाको एक लाख नजिक पुगेको छ ।

तोलामा २ सय रुपैया बढेर आज सुन प्रतितोला ९९ हजार ८ सय रुपैयाँमा कारोबार भइरहेको छ । नेपाली बजारमा सुनको मूल्य हालसम्मकै उच्च हो ।

अन्तर्राष्ट्रिय बजारमा नै सुनको भाउ बढेका कारण त्यसको असर नेपाली बजारमा पनि परेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

अन्तर्राष्ट्रिय बजारमा सुन प्रति औंस एक हजार ९ सय ७५ डलर पुगेको छ । कोरोना भाइरस संक्रमणको कारण लगानीका अरु क्षेत्र बन्द हुँदा लगानीकर्ता सुनप्रति आकर्षित भएका छन् ।

जसले गर्दा माग बढेर सुन महँगो हुँदै गएको हो । अन्तर्राष्ट्रिय बजारमा माग बढे पनि नेपाली बजारमा भने सुनको माग घटेको छ । सुनको मूल्य अत्यधिक बढेसँगै कारोबार ठप्प हुँदै गएको महासंघले जनाएको छ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *