विदेश

भारतमा एकै दिन ५० हजारभन्दा बढीमा कोरोना संक्रमण पुष्टि

हिमालय टिभी
२०७७ साउन २० गते ७:५९
भारतमा एकै दिन ५० हजारभन्दा बढीमा कोरोना संक्रमण पुष्टि

२० साउन, २०७७ नयाँ दिल्ली । भारतमा पछिल्लो पटक ५० हजारभन्दा बढीमा कोरोना संक्रमण पुष्टि भएको छ ।

बितेको २४ घण्टामा भारतमा ५० हजार ६ सय २९ जना संक्रमित थपिएका हुन् । यो संख्या एकैदिन संक्रमित हुने अमेरिका र ब्राजिलभन्दा बढी हो ।

यसअघि आइतबार पनि भारतमा ५२ हजार ७ सय ८३ जना कोरोना संक्रमित थपिए थिए । आइतबार भारतमा कोरोना संक्रमण शुरु भएयता पहिलो पटक एकैदिन अमेरिका र ब्राजिलभन्दा धेरै मानिसमा संक्रमण देखिएको थियो।

भारतमा कोरोना संक्रमितको संख्या १८ लाख ५५ हजार ३ सय ३१ पुगेको छ । भारतपछि अमेरिका र ब्राजिलमा सबैभन्दा बढीमा संक्रमित थपिएका छन् ।

अमेरिकामा ४८ हजार ६ सय २२ तथा ब्राजिलमा १७ हजार ९ सय ८८ जना संक्रमित भए । सोमबार विश्वभर कोरोना संक्रमित हुनेको संख्या १ लाख ९९ हजार ३ सय १२ रह्यो ।

यस्तै पछिल्लो २४ घण्टामा विश्वमा ४ हजार ३ सय ६६ जनाको मृत्यु भएको छ । भारतमा सबैभन्दा बढी ८ सय १०, ब्राजिलमा ५ सय ७२ तथा अमेरिकामा ५ सय ६८ जनाले ज्यान गुमाएका छन् ।

विश्वभर संक्रमित मध्ये १ करोड ९१ लाख २ हजार ३ सय १९ जना संक्रमणमुक्त भैसकेका छन् । आज मेक्सिकोमा ४ हजार ७ सय ६७ जना संक्रमित हुँदा २ सय ६६ जनाको मृत्यु भएको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *