खेलकूद
नियतबस खोक्ने खेलाडीमाथि अब रातो कार्ड पाउन सक्ने
२०७७ साउन २० गते ७:५५

२० साउन, २०७७ काठमाडौं । अब नियतबस अन्य खेलाडी वा खेल पदाधिकारी तर्फ खोक्ने खेलाडीले पनि रातो कार्ड पाउन सक्ने छन्।
फुटबलको नियम निर्माता तथा फुटबल एसोसिएशनले सोचविचार गरी वा नियतबस अन्य खेलाडी वा खेल पदाधिकारी तर्फ फर्केर खोक्ने खेलाडीलाई रातो कार्ड दिने व्यवस्था गरेका हुन् ।
कोरोना भाइरसको विश्वव्यापी महामारीपछि यो नयाँ नियम ल्याइएको हो । इन्टरनेशनल फुटबल एसोसिएशन बोर्डले त्यसरी खोक्नुलाई अपमानजनक वा अश्लिल वा दुर्व्यवहारजन्य भाषा वा व्यवहारको प्रयोग सरह लिइने बताएको छ ।
रेफ्रीले अवस्थाको विश्लेषण गरी निर्णय गर्न पाउने अधिकारी राख्ने जनाइएको छ। यो नियम तत्कालदेखि लागू भएको बेलायतको फुटबल एसोसिएशनले जनाएको छ ।
प्रतिक्रिया