आर्थिक
लगानी बोर्डको सीईओमा भट्ट नियुक्त
२०७७ साउन १९ गते १९:५२
१९ साउन, २०७७ काठमाडौं । सरकारले राष्ट्रिय योजना आयोगका सदस्य सुशील भट्टलाई लगानी बोर्डको प्रमुख कार्यकारी अधिकृत सीईओ नियुक्त गरेको छ।
आज बसेको मन्त्रिपरिषदको बैठकले भट्टलाई बोर्डको रिक्त पदमा नियुक्त गरेको हो। तत्कालीन सीईओ महाप्रसाद अधिकारी गभर्नर बनेपछि पद रिक्त थियो ।
बोर्डको सीईओका लागि अर्थमन्त्री डाक्टर युवराज खतिवडाको संयोजकत्वमा बनेको समितिले मन्त्रिपरिषद्समक्ष डाक्टर सरोज कोइराला, रामकृष्ण खतिवडा र सुशील भट्टको नाम सिफारिस गरेको थियो । जसमध्ये सरकारले भट्टलाई नियुक्त गरेको हो ।
प्रतिक्रिया