उपभोक्ताको गुनासो बढेसँगै वाणिज्य विभागको अनुगमन
१९ साउन, २०७७ काठमाडौं । तरकारी र खाद्य पदार्थको भाउ अस्वभाविकरुपमा बढेको गुनासो आएपछि वाणिज्य तथा उपभोक्ता हित संरक्षण विभागले अनुगमन बढाएको छ ।
विभागले आज कालीमाटी तथा कुलेश्वर क्षेत्रमा रहेका दुई वटा खाद्य गोदाम सिल गरेको हो । कालिमाटीस्थित एएसएस मार्केटिङले शंकास्पदरुपमा बढी चिनी भण्डारण गरेको पाईएपछि विभागले सिल गरेको छ ।
यस्तै अर्को एक गोदाममा पनि बढि चिनी भेटिएको तर धनी सम्पर्कमा नआएपछि गोदाम सिल गरिएको विभागले जनाएको छ । यीबाहेक मूल्यसूची नराखी तरकारी बिक्री गर्ने कालीमाटी तरकारी तथा फलफूल बजारक दुई तरकारी पसललाई पाँचपाँच हजार जरिवाना तिराएको छ ।
यस्तै व्यावसायिक आचरण पालना नगरेका सोही क्षेत्रका अन्य दुई पसललाई सचेत गराएको विभागले जनाएको छ । बाढी पहिरो र कोरोनालाई देखाएर पछिल्लो समय बजारमा व्यपारीले मनपरीरुपमा तरकारी र खाद्यान्नको मूल्य बढाएका छन् ।
प्रतिक्रिया